Logo
Logo

देश श्रीलंकाकै स्थितिमा पुग्ने नारायणकाजीको चेतावनी


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् ।

देशलाई श्रीलंका बन्नबाट बचाउनका समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपका लागि संगठित प्रयत्न आवश्यक रहेको बताएका छन् ।

नेता श्रेष्ठले ट्वीटरमा लेखेका छन– ‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता, समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’

प्रतिक्रिया दिनुहोस्