Logo
Logo

केन्द्रिय समिति बैठकअघि कोइराला पक्षले प्रदर्शन गर्ने


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले भातृ संस्थालाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता–कार्यकर्ताले प्रदर्शन गर्न लागेका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बोलाइएको छ । त्यसअघि साढे ११ बजेदेखि नै प्रदर्शनको कार्यक्रम तय गरिएको छ ।

अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको कोइराला निकट विद्यार्थी नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्