Logo
Logo

डीन शर्माको राजीनामा माग्दै नेविसंघको तालाबन्दी


6k
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ ।

व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै ताला लगाएको विद्यार्थी नेता मदनराज उपाध्यायले बताए । असार २२ गते मात्रै बीबीए छैटौं सेमेस्टरको ‘अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डीनको राजीनामा मागेको हो ।

यसअघि उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थी भेला भएर शर्माको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । शर्माले राजीनामा नदिएसम्म ताला नखुल्ने नेविसंघका उपाध्यायले बताए ।

‘उहाँले ज्याजति गर्नू भएको छ । त्यसैले शर्माले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन फिर्दा हुँदैन,’ उपाध्यायले भने ।

यसअघि नेविसंघका अध्यक्ष दुजाङ शर्माले विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्