Logo
Logo

मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाइन्छः सशस्त्र प्रहरी आइजिपी अर्याल


39.3k
Shares


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवाको मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाइने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार २७ गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती हुनुभएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे । व्यवसायिक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफुहरु अगाडी बढिरहेको उल्लेख गर्दै खाली पदहरु सिमित रहँदा सबैले एकै पटक पदोन्नती प्राप्त गर्न नसकेको बताए । लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्तिविकासका लागि कार्यसम्पादन मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने चर्चा गर्दै संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना गर्नेतर्फ समेत पहल भईरहेको बताए ।


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशिल रहने विश्वास समेत व्यक्त गरेका छन् ।


अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्