Logo
Logo

संसदमा एमाले र एकीकृत समाजवादीका सांसदबीच भनाभन


94.2k
Shares

काठमाडौं । संसदमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदबीच भनाभन भएको छ ।

सोमबार बसेसको प्रतिनिधिसभा बैठकमा रेल्वे विधेयकमाथिको छलफलका क्रममा एमाले सांसद झपड रावाल र एकीकृत समाजवादीका सांसद गोपालबहादुर बमबीच भनाभन भएको हो ।

एकीकृत समाजवादीका सांसद बमले आफू ‘तिब्बत क्षेत्रका सांसद’ भनेपछि एमाले सांसद रावलले आपत्ति जनाएका हुन् ।

संसदमा बोल्दै बमले भनेका थिए- ‘रेल्वे विधेयकले नेपालका तराई, पहाड, हिमाल हुम्ला जुम्लासम्म पुग्नेछ । तिब्बत क्षेत्रका एउटा सांसद भएकाले मलाई आशा लाग्यो । नजिकको चीनमा हाम्राजस्ता हुम्ला–जुम्ला पनि रेल गुडेका छन् । पक्कै पनि यो विधेयकले हुम्ला, जुम्ला, डोल्पाका हिमालहरुमा पनि रेल गुडोस् ।’

त्यसपछि एमाले सांसद रावलले उठेर आपत्ति जनाए । उनले सभामुख अग्निप्रसाद सापकोटालाई बम तिब्बतको सांसद नभएर नेपालको सांसद भन्दै उक्त शब्द हटाउन माग गरे ।

उनले भने- ‘माननीय सदस्यले तिब्बत क्षेत्रको सांसद भन्नु भएकाले यो निमापत्ति छ । उहाँ तिब्बत क्षेत्रको होइन । उहाँ नेपालको हो । उहाँ नेपालभित्रको सांसद हो । त्यसैले यो शब्द हटाइयोस् ।’

त्ससपछि बमले जवाफ फर्काइहाले । उनले भने, ‘गोपाल बम नेपालको मुगुबाट निर्वाचित सांसद हो भन्ने तपाईँलाई थाहा छँदैछ । तिब्बतको सांसद होइन । तिब्बतसँग जोडिएको क्षेत्रको सांसद हो ।’

सभामुख सापकोटाले दुवै जना सांसदलाई शान्त हुन आग्रह गरे । भानाभन नर्गन आग्रह गरे । तर, उनीहरु रोकिएनन् ।

बमले ‘तराईको रेल चीनसँग जोडिएका सिमानासम्म पनि पुगोस्’, ‘हिमालका जनतालाई पनि यो विधेयकले सुविधा दिओस् भन्नु खोजको हुँ’ भन्दै स्पष्ट पारे ।

तरपनि एमाले सांसद रावलको आपत्ति कायमै रह्यो । उनले उभिएर ‘तिब्बत क्षेत्रका सांसद’ भन्ने शब्द हटाउन माग गरिरहे । तिब्बतको सांसद भनेर नेपालीको अपमान गरेको टिप्पणी गरे ।

बमले आफू नेपालकै सांसद रहेको र नेपालीको अपमान नगरको बताए । उनले भने, ‘मैले तपाईंको अपमान गरेको होइन, नेपालीको अपमान गरेको होइन, म नेपालकै सांसद हुँ ।’

त्यसपछि सभामुख सापकोटा जंगिए । व्यक्तिग आक्षेप लाग्नेगरी नभन्न आग्रह गरे । बमलाई सभामुखले भने- ‘आफ्ना कुरा राख्नेहोस्, कुनै पनि मान्य सदस्यलाई ताकेर नभन्नुहोला ।’

रावलाई पनि सभामुखले भने- ‘मेरो ध्यानाकर्षण भयो, तपाईंको पनि ध्यानाकर्षण गराउन चाहन्छु, बस्नु होला ।’

तर, एमाले रावलले उक्त शब्दप्रति आपत्ति जनाइरहे ।

एकीकृत समाजवादीका सांसद बमले भने हुम्ला जुम्लाको डाँडा काँडा पनि रेल पुगोस भन्ने खोजेको भन्दै स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्