Logo
Logo

एकीकृत समाजवादीका कार्यकर्तासँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया


3.7k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेकपा (एकीकृत समाजवादी)को कार्यकर्तासँग भेटघाट गरेको छन् । मन्त्री खापुङले सोमबार पार्टी कार्यालय आलोकनगरमा पुगेर कार्यकर्तासँग भेटघाट गरेका हुन् ।

एकीकृत सामजवादीका कार्ययोजनाअनुसार पार्टीबाट मन्त्री भएकाहरू साताका एक दिन पार्टी कार्यालयमा उपस्थित हुनैपर्ने र पार्टीका नेता–कार्यकर्तालाई एक घण्टा समय दिनुपर्नेछ ।

सोही कार्ययोजनाअनुसार मन्त्री खापङले पहिलोपटक पार्टीका कार्यकर्तासँग अन्तरक्रिया गरेका हुन् । भेटघाटमा दुई दर्जन वढी नेता– कार्यकर्तासँग कुरा गरेका थिए ।

शनिबार बाहेक प्रत्येक दिनको २ देखि ३ वजेसम्म पार्टीबाट बनेका एक मन्त्रीले पार्टी कार्यालयमै भेटघाट गर्नुपर्ने कार्ययोजना छ । जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

स्वास्थ्यमन्त्री खापुङलाई सोमबार, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार,
सहरी विकासमन्त्री मेटमणी चौधरीलाई बुधबार र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको लागि समय तोकिएको छ ।

पार्टी कार्यकर्ता र मन्त्रीसँगको जनसम्पर्क अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्ययोजना बनाएको उपमहासचिव डा गंगालला तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस्