Logo
Logo

तीनै तहको समन्वय विना विकाश असम्भव : कानुनमन्त्री


252
Shares

विराटनगर । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघ, प्रदेश र स्थानीय तहको समन्वय विना विकाश असम्भव भएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धः हालसम्मको प्रयास र अबको प्राथमिकता’ विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकाशको काममा तीनै तहको समन्वय आवश्यक भएको बताएका हुन् ।

‘संघीय सरकारले आफू नै सबैभन्दा ठूलो हुँ भन्ने, प्रदेशले संघ छुट्टै हो तर तलकाले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिंगो वडा त मेरै हो भन्ने चलन छ,’ उनले भने, ‘यसो हुँदा कसरी विकाशका काम अगाडि बढ्छ ?’

संघीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा उनको जोड थियो । उनले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्ने बताए ।

‘ऐन अनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमा यती उपमेयरको भागमा यति, वडा अध्यक्षलाई यति भन्ने हुन्छ,’ उनले भने, ‘जब की कानून भनेको डर देखाउने चिज हैन ।’

गाउँपालिका महासंघलाई स्थानीय तहमा जनताका भावनाअनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनि मन्त्री कार्कीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्