कैलाली । कैलालीको भजनी नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।
नगरपालिका भवन, वडा कार्यालय भवन, स्वास्थ्य चौकि, विद्यालय भवन निर्माण तिव्र रुपमा भइरहेको छ । तर, लाखौं खर्चेर बन्ने कतिपय भवन उपयुक्त सथानमा नभएको थानीयको गुनासो पनि छ ।
३ नं वडास्थित हुलाकी सडक क्षेत्रमा नगरपालिकाले निर्माण गरेको भवन पनि उपयुक्त स्थानमा नभएको स्थानीय रामप्रसाद खत्रीले बताए ।
व्यवस्थित ढंगले उपयुक्त स्थानमा भवन नबनाउँदा वर्षा सुरु भएसँगै सो भवनमा आवतजावतगर्न समस्या परेको उनले सुनाए ।
वर्षाले निर्माण नै प्रभावित भएको उनको भनाइ छ ।