Logo
Logo

पार्टीभित्र लडिन्छ, फुट्न दिइँदैन : महेन्द्र यादव


10.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आफूहरु पार्टीभित्रै लड्ने तर विभाजन नगर्ने बताएका छन् । मंगलबार डा. बाबुराम भट्टराई पक्षको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ‘पार्टीभित्र लडिन्छ, फुट्न दिइँदैन’ भन्ने अभियान रहेको उनले बताए ।

उनले भने– ‘हामी फुटेर होइन, जुटेर यो ठाउँमा आइपुगेका हौं । यो पार्टीको नाममा रहेको जनता शब्द पूर्वराजपाको हो । छाता छाप पनि पूर्वराजपाकै हो । यो पार्टीमा समान अधिकार छ । यो पार्टीभित्र भडिन्छ, फुट्न दिइँदैन । यो हाम्रो अभियान हो ।’

उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई बोल्न नदिएको बताए । उनले भने, ‘हामीलाई बोल्न नदिने, बैठकमा नबोलाउने, हामीलाई आफ्नो आवाज बुलन्द हुन नदिने भएपछि हामीले बोल्न कहाँ जाने ? त्यसैले यो थलो बनाएको हो । त्यसैले साथीहरुलाई बोलाएर आफ्नो कुरा राख्न खोजेका हौं ।’

उनले पार्टीमा बोल्ने वातावरण बन्नुपर्ने पनि बताए । उनले उपेन्द्र पक्षले बहुमतको निर्णय नमानेको, बैठक नराखेको आरोप लगाए । पूर्वमन्त्री समेत रहेका यादवले दुवै पक्षले पार्टी हित विपरीत काम गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्