काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई प्रमुख जिल्ला अधिकारीलाई पठाइएको छ । उनीहरु तीनै जना मन्त्रालयमा जिम्मेवारीविहिन थिए ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तथा खोटाङका फणीन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालय अन्तरगत सरुवा भएका छन् ।