Logo
Logo

राष्ट्रपति र लिउ बीच भेटवार्ता हुँदै


693
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्।

लिउ र राष्ट्रपति भण्डारीबीच बिहान साढे १० बजे शीतल निवासमा भेटबार्ता गर्ने समय मिलाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य जनाकारी दिए ।

चार दिनको औपचारिक भ्रमणमा नेपाल आएका लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेका थिए। लिउ आज स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्