कैलाली । कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
३ जना घाइते भएका छन् । गौरीगङ्गा–९ शङ्करपुरमा गए राति भएको दुर्घटनामा रामअवतार कठरियाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् ।