Logo
Logo

प्रतिनिधिसभाबाट रेल्वे विधेयक पारित


1.2k
Shares

काठमाडौँ । रेल्वे विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक आजको प्रतिनिधिसभाबाट पनि पारित भएको हो । प्रतिनिधिसभाको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ ।

प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।

प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्