Logo
Logo

संसदमा नागरिकता ऐन संशोधन विधेयक पेश


378
Shares

काठमाडौं । प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश भएको छ । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश भएको हो ।

नेकपा एमालेका सांसदहरुको विरोधबा बावजुद गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् । एमाले सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेश गरेका हुन् ।

सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अवहेलना भएको बताए ।

यस्तै, नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । तर, गृहमन्त्री खाँणले विधेयक पेश गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्