Logo
Logo

यस्तो छ उपसभामुख चयन गर्न दुई दिने कार्यतालिका


1.3k
Shares

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले बुधबार दुई दिने कार्यतालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार ३१ असारमा उपसभामुखका लागि निर्वाचन हुने भएको छ । कार्यतालिका अनुसार ३० असारमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्ट्याइएको छ । निर्धारित समयमा दर्ता भएका सूचनालाई मात्र क्रमअनुसार सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्