Logo
Logo

स्टर्लिङ चेल्सी र राफिन्हा बार्सिलोनामा


126
Shares

एजेन्सी, लण्डन । दुइ विंगरले क्लब परिवर्तन गरेका छन् । चेल्सीले इंग्ल्यान्डका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गरेको छ ।

चेल्सीले बुधबार स्टर्लिङलाई प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीबाट ५० मिलियन युरोमा भित्र्याएको हो । २७ वर्षीय स्टर्लिङसँग चेल्सीले ५ वर्षको सम्झौता गरेका छ ।

सिटीले सन् २०१५ मा लिभरपुलबाट स्टर्लिङ सन् २०१५ मा लिभरपुलबाट सिटी गएका थिए । सिटीमा स्टर्लिङले ३३९ खेलमा १३१ गोल गरेका छन् । यता ब्राजिलियन विंगर राफिन्हा बार्सिलोना जाने भएका छन् ।

२५ वर्षीय प्लेमेकर राफिन्हालाई बार्सिलोनाले ५ करोड ८० लाख युरोमा अनुबन्ध गर्न सहमत भएको हो । राफिन्हाले लिड्सबाट २ सिजनमा ६५ खेल खेलेर १७ गोल गरेका थिए ।

१२ गोलमा अवसर सिर्जना गरिदिएका थिए । लिड्सका मुख्य प्रशिक्षक जेसी मार्शले राफिन्हाले क्लब छोडेको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्