Logo
Logo

लालबन्दीमा ऐलानी जग्गाको नापजाँच थालियो


1.9k
Shares

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ ।

नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको वडा नं १६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए ।

नगर प्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र नगर पालिकाका कर्माचारीका साथै सम्बन्धित कार्यालयका कर्माचारीको उपस्थितिमा लालबन्दी नगरपालिका–१० बाट ऐलानी जग्गाको नापजाँचको काम सुरु गरिएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरका सबै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कार्य सम्पन्न गर्ने लक्ष्य र उद्देश्यअनुरूप काम थालेको भूमि आयोग लालबन्दी सेवा केन्द्रका सहायक चेतबहादुर मगरले जानकारी दिए ।

आगामी मङ्सिर पहिलो साताभित्र सबै किसिमका जमिनका समस्या समाधान गरी जग्गा धनी प्रमाणपुर्जा उपलब्ध गराउने लक्ष्य रहेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्