Logo
Logo

यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल


882
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ¥याप गायक यमबुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई स्वागतयोग्य भएको बताएका छन् ।

नेता पौडेलले समाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको समेत बताएका छन् ।

‘नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ’ उनले ट्वीट गरेका छन् ।

महानगरपालिकाले यमवुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भएलगत्तै आलोचना सुरु भएको थियो । त्यसपछि मेयर बालेन साहले शालिक आफ्नै पारिश्रमिबाट बनाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्