Logo
Logo

माओवादीले माग्यो गभर्नरको राजीनामा


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको छ । बिहीबार राष्ट्रिय सभामा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले पार्टीको विभागमा बस्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न नमिल्ने भन्दै पदबाट राजीनामा दिनु पर्ने बताए ।

सांसद श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले राजीनामा दिनुपर्ने भन्दै ध्यानाकर्षण गराए ।

‘एम अधिकारी नाम गरेको अर्थ तथा योजना विभागको त्यही जिल्लाको मान्छे गभर्नर होइन भने फलाना हुनुहुन्छ भनेर सार्वजनिक हुनुपर्यो,’ उनले भने, ‘०७३ सालको चाहीँ उहाँ नै हो । अहिले जो गभर्नर हुनुहुन्छ । अहिलेको चाहीँ अर्को हो भनेर किन एमालेले भनेन ।’

‘विधि र नैतिक मूल्य कहीँ त लागु हुनपर्‍यो। अर्कालाई भन्दाखेरी हुने, आफूले गर्नुपर्दा तर्क ढाँट, छल गर्ने कहाँ–कहाँ पाइन्छ’ उनले भने ‘यस्तै प्रवृत्ति मौलाएर जाँदा कता पुग्छ देश? सबैले आत्मसमीक्षा गरौँ ।’

प्रतिक्रिया दिनुहोस्