Logo
Logo

तत्काल सरकारले कुनै हतियार किन्दैन : प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तत्काल नेपाल प्रहरीका लागि हतियार नकिन्ने बताएका छन् ।

फाइल फोटो

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गोपानमान श्रेष्ठ र अर्जुननरसिंह केसीले आर्थिक समस्या भएका बेला सरकारले करोडौं रुपैयाँमा हतियार किन किन्न लागेको हो भन्दै प्रश्न गरेका थिए ।

ती प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको बताएका हुन् । उनले भने, ‘हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु ।’

सरकारले ८४ करोड रुपैयाँमा विदेशी हतियार खरिद गर्न लागेको भन्दै सांसदहरूले पनि विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्