Logo
Logo

संघीय संसदले आज उपसभामुख पाउँदै


2.6k
Shares

काठमाडौं । प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउने भएको छ ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद खाली थियो । जसका लागि आज निर्वाचन हुँदैछ ।

मतदानको समय दिउँसो तीन बजेलाई निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ । नेपाली कांग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उपसभामुखको उम्मेदवार छन् । भुसाललाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ ।

हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्