Logo
Logo

तीन दिने भारत भ्रमणमा प्रचण्डले क-कसलाई भेट्दैछन् ?


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी आज दिउँसो १ बजे नयाँदिल्लीतर्फ प्रस्थान गर्नेछन् ।

अध्यक्ष प्रचण्डको यो भारत भ्रमण आकस्मिक हो । उनले भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट्ने बताइएको छ ।

भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । तीन दिने भ्रमणका क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गर्ने तालिका रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताले नेपाल भ्रमणलगत्तै माओवादी अध्यक्ष प्रचण्ड भारत जानुलाई अर्थपूर्णरुपा हेरिएको छ । तर, करिब डेढ महिना पहिले नै तत्कालीन भारतीय राजदूत क्वात्राले भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएकाले यो भ्रमण हुन लागेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड आइतबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्