Logo
Logo

पोखरीमा बालकको शव भेटियो


693
Shares

महोत्तरी । लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेको अवस्थामा बालकको शव भेटिएको छ ।

गए राति स्थानीय भाग्यनारायण यादवका छोरा २ वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो । बालक घरबाट खेल्न भनी निस्केका थिए ।

साँझ अबेरसम्म घर नफर्केपछि खोज्दै जाँदा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्