Logo
Logo

एआइजी पोखरेलले राजीनामा दिने


426.7k
Shares


काठमाडौं । आइजिपी नियुक्तिसम्बन्धि विवादमा अदालतबाट पनि पराजित भएपछि नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । शुक्रबार सर्वाेच्च अदालतले उनले दायर गरेको रिट सर्वाेच्चले अदालतले खारेज गरेको हो ।


मुद्दामा पराजित भएसँगै उनी सेवामा नफर्कने भएका छन् । उनी निकट स्रोतका अनुसार आइतबार राजीनामा दिने पोखरेलको तयारी छ । उनी १८ बैशाखदेखि नै बिदामा छन् । उमेरहदका कारण उनको जागिर अवधि पनि २० दिन मात्र बाँकी छ । ब्याचीलाई टपेर डिआइजी र एआइजीमा बढुवा भएका पोखरेल आइजिपीका एक्ला दाबेदार जस्तो थिए । तर, शेरबहादुर देउवा सरकारले धिरजप्रताप सिंहलाई रोजेपछि उनी अदालत गएका थिए । कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलाशले उनको रिट खारेज गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्