Logo
Logo

को हुन् उपसभामुख पुष्पा भुसाल ?


10.8k
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेका हुन् ।

उपसभामुखमा निर्वाचित भुसालले १४८ मत प्राप्त गरे भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत पाए । झण्डै तीन वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएका हुन् ।

उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा र राजमोले समर्थन गरेका थिए । भुसालको प्रस्तावक देव गुरुङ र लक्ष्मी चौधरी समर्थक थिए ।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

भुसाल दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएका हुन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाम्फेसँग पराजित भएका थिए ।

२०१७ साल फागुन १ गते अर्घाखाँची पोखराथोकमा जन्मिएका पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छन् । उनले नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएर काम गरेका छन् ।

उनीले नेपाल महिला संघको महासचिव भएर पनि काम गरेका छन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाएका थिए ।

उनले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन् । उनी केही समय कानुन व्यावसायमा पनि सक्रिय भएर काम गरेका छन् । उनी नेपालवार एसोसिएसनका केन्द्रीय सदस्य समेत बनेका थिए ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलेका छन् । त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरेका थिए । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट उनले प्रतिनिधित्व गरेका थिए ।

भुसाल २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन् । २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि संगै थिए ।

अहिले उनी कांग्रेसको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्