Logo
Logo

आफ्नो उम्मेदवार पराजित भएपछि सुवासचन्द्रले भने- ‘गठबन्धन भत्काउनै पर्छ’


6.9k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले गठबन्धनलाई मिलेर भत्काउनु पर्ने बताएका छन् ।

एमाले सांसद विद्या भट्टराई उपसभामुखमा पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलको नेता नेम्वाङले पाँच दलीय गठबन्धन गलत रहेको बताएका हुन् ।

उनले भने, ‘गठबन्धन भत्कियोस् भन्ने हाम्रो चाहना हो । यो दूषित गठबन्धन हो । संख्याको कुरा आश्चर्यको होइन । दूषित गठबन्धनलाई मिलेर भत्काउनु पर्छ । भत्काउने प्रयास गरेको हो, भत्किएन ।’

शुक्रबार भएको निर्वाचनमा कांग्रेसका सचेतक समेत रहेका पुष्पा भुसाल ले एमालेका उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेका छन् ।

उपसभामुखमा निर्वाचित भुसालले १४८ मत प्राप्त गरे भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्रै परेको थियो ।

प्रतिक्रिया दिनुहोस्