एजेन्सी । पश्चिमी फ्रान्सको चोलेट शहरमा बिहीबार राति राष्ट्रिय दिवसको आतिशबाजीका कारण भएको दुर्घटनामा सात वर्षिय बालक र उनकी २४ वर्षीया दिदीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीका अनुसार सो दुर्घटनामा भाइबहिनीका आमाबुवासहित अन्य सात जना घाइते भएका छन् । दुर्घटना राति ११:०५ बजे भएको थियो। दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको बीएफएमटीभीले जनाएको छ ।