Logo
Logo

कलाकार जोगिन्दरको ‘गठबन्धन’मा को को छन् ? (भिडियोसहित)


2.6k
Shares

काठमाडौं । ‘गाईजात्रा’ हास्य र ब्यंग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्यब्यंग्य सामाग्री बजारमा आउने गर्छ ।

आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक (गठबन्धन)ले चुनावमा पारेको प्रभाव, चर्काे मुल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रशिया युद्धलगायतका बिषयहरु उनले ‘गठबन्धन’मा समेटेका छन् ।

भरपुर प्रहसनसमेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’मा उनले प्यारोडी बनाएका छन् । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई ब्यंग्यको बिषय बनाएका छन् ।

ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंको अलवा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।

‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो । बिगत दुई दशकभन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २०औं कोसेली हो । यो भन्दा अगाडि उनले ल्याएको उनले ‘लकठाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मनपराइएको थियो ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान पर्व तथा उत्सव भएकाले लामो समयदेखि यो पर्वमा नियमित ब्यंग्यका कोसेली ल्याउने गरेको रिजालले बताए ।

‘पहिले यो पर्वमा थुप्रै ब्यंग्यका कोसेली आउथ्यो । अहिले आउँदैन’ रिजालले भने ‘परम्पराको निरन्तरता र सर्वसाधारण सुसज्जितका लागि म भने कोसेली नियमित बनाउने गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्