Logo
Logo

थारु संस्कृति निकै समृद्ध : सहरी विकास मन्त्री


441
Shares

काठमाडौं । ठुम्रार साहित्यिक र साङ्गितिक बखेरी को ९१ औ शृङ्खलामा सहरी विकास मन्त्री मेटमणि चौधरी सहभागी भएका छन् । सिसिआरसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले थारु भाषा, थारु संस्कृती निकै समृद्ध रहेको बताए ।

थारु समुदाय मेहनेती , इमानदार र लगनशील रहेकाले अब राजनीतिमा पनि सक्रिय हुन उनले आह्वान गरे । बिशिस्ट अतिथि रहनुभएका लेखक एव पत्रकार कृष्णराज सर्बहारीले थारु साहित्यबारे मन्तब्य राख्नुका साथै आफ्ना रचना समेत बाचन गरेका थिए ।

देशैभरिका प्रतिनिधि थारु लेखक तथा कलाकारको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व रास्ट्रिय थारु कलाकार मन्चका अध्यक्ष विनय वैद्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्