Logo
Logo

१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड


693
Shares

काठमाडौँ । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताए ।

त्यस्तै, उनले नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारेका थिए ।

उनले नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको बताए । त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढ्न सकिने प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्