Logo
Logo

सत्तारुढ दलले विदेशीको पैसामा चुनाव लडे- ओली


3.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले विदेशीको पैसा स्थानीय तहको निर्वाचमा चर्ख गरेको गम्भीर आरोप लगाएका छन् ।

सनिबार कठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो’ विषय विचार गोष्ठीमा बोल्दै ओली सत्तारुढ दललाई विदेशीको पैसामा चुनाव लडेको आरोप लगाएका हुन् ।

ओलीले भने– ‘नेकपा एमालेले अहिलेसम्म एक पैसा पनि विदेशीबाट लिएको छैन । स्थानीय तहको निर्वाचनमा त्यत्रो पैसा खर्च गरे त्यो कहाँबाट आयो होला ? यो देशको पैसाले त पुग्दैन ।’

अध्यक्ष ओलीले वर्तमान गठबन्धका कारण नै देश संकटमा रहेको समेत बताएका छन् । सत्ता गठबन्धनले सत्ताकै लागि राष्ट्रलाई तल पार्ने काम गर्दै आएकोले यस्तो गठबन्धन खारेज हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्