Logo
Logo

घेराबन्दीमा देउवा- पार्टी र सरकार चलाउन नसकेको आरोप


2.9k
Shares

काठमाडौं । सत्त नेतृत्व दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साता दिनदेखि काठमाडौंमा जारी छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको व्यापक आलोचना भएको छ ।

पार्टी र सरकार संचालनमा सभापतिबाट अपेक्षाकृत काम नभएको भन्दै देउवाको आलोचना भएको हो । कतिपयले ‘हाम्रो सरकार हो’ भन्नै लाज लाग्ने अवस्था आइसकेको समेत धारणा राखेका छन् ।

बैठकमा धारणा राख्दै उपसभापति धनराज गुरुङले पार्टी सभापति इतिहासकै कमजोर भएको बताएका छन् । सभापतिले प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको सरकारले समेत अपेक्षाकृत काम गर्न नसकेको भन्दै उपसभापति गुरुङ देउवाको आलोचना गरेका हुन् ।

पार्टीलाई सैद्धान्तिक वैचारिक रुपमा बलियो बनाउन लागिपरेका नेताहरुमापथि सभापति खनिएको भन्दै सभापतिलाई बलियो बनाउने भनेर पाखुरमा तेल हाल्दै हिड्न नसकिने बताए ।

महामन्त्री गगन थापाले पनि सभापति तथा प्रधानमन्त्री देउवाको व्यापाक आलोचना गरेका छन् । पार्टीको नेतृत्वमा सरकार रहेको र सरकारको नेतृत्व पार्टी सभापतिले गरिरहेको भए पनि ‘हाम्रो सरकार हो’ भन्न सक्ने अवस्था नरहेको गगनको भनाइ रहेको छ ।

पार्टी र सरकार दुबैको अवस्था लथालिङ्ग रहेको भन्दै यसको जिम्मा सभापतिले लिनुपर्ने गगनको भनाइ रहेको छ । सभापति नेतृत्वको सरकारले पनि ओली सरकारकै काम दोहोर्याएको थापाले आरोप लगाएका छन् ।

सभापति देउवामाथि संस्थापन इतर पक्षलाई बाइपास गर्न खोजेको समेत आरोप लगोको छ । भ्रातृसंगठनबारे निर्णय लिँदा शेखर कोइराला समूहलाई नसोधिएको भन्दै सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारले सभापति देउवाको आलोचना गरेका छन् ।

पाण्डे र परियारले भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलका तदर्थ समिति गठन गर्दा नेता शेखर कोइरालासँग छलफल नगरेको भन्दै सभापति देउवाको आलोचना गरेका हुन् ।

सभापति देउवाले नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलका अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरिसकेका छन् ।

महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका शेखर कोइरालासँग सभापतिले छलफल नगर्नु दुखद् भएको बताए सहमहामन्त्री परियारले बताए ।

गत आइतबारबाट जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । सनिबार सहमहामन्त्री, महामन्त्री, अन्य पदाधिकारीले धारणा राखेको छन् । अब मन्त्री र शीर्ष नेताले धारणा राखेपछि केही दिनमा बैठक समापन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्