Logo
Logo

सिसेक्पा तङ्नाम मनाइँदै


315
Shares

ताप्लेजुङ । आज किराँती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदैछन् । किराँतीले साउने सङ्क्रान्तिलाई सिसेक्पा तङ्नाम भनेर मान्ने गर्दछन् ।

आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वका जिल्लामा बसोबास गर्ने किराँतीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई आवश्यक अन्न, फलफूल र पात (च्योङहरू) सङ्कलन गरी ल्याउने गर्दछन् ।

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि झुन्ड्याउने चलन छ । त्यसपछि परिवार भेला भएर घरमा जे भएको अन्न, फलफूल र अन्य परिकार खाएर रमाइलो गर्दछन् ।

सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई खेदाएर निकाल्ने गर्दछन् ।

भूतप्रेत वा भौतिक शत्रु चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख–पीडा’लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् ।

यसैगरी उनीहरूले गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेका हुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके ।

यसकारण अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किराँत धर्मका जनकारहरूको भनाइ छ ।

पूर्वका किराँत, लिम्बू, राई तराईका थारू र पश्चिमका मगर आदिले साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङ्नामका रुपमा मनाउँदै आएको किराँत साहित्य उत्थान सङ्घका अध्यक्ष ज्ञानु फुरम्बो (चरपे)ले बताए ।

प्रतिक्रिया दिनुहोस्