Logo
Logo

गुल्मीको रेसुङ्गामा साउने मेला


945
Shares

फाइल फाेटाे ।

गुल्मी । गुल्मीको रेसुङ्गामा साउने मेला सुरु भएको छ ।

विगतका वर्ष जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिने मेला आयोजना गरेको हो ।

रेसुङ्गामा पूजा आजा गर्न गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्यूठान, रुपन्देही, दाङबाट श्रद्धालु भक्तजन आउने गर्दछन् । पोखरीमा नुहाउन तथा पूजा गर्नेहरुको साउनभर भिड लाग्ने गर्दछ ।

आज पहिलो दिन भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । साउन १ गते, औंसी र एकादशीका दिन यहाँ विशेष चहलपहल हुन्छ ।

रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्