Logo
Logo

ग्रिसमा कार्गो जहाज दुर्घटना


441
Shares

इपीए ।

काठमाडौं । सर्वियाबाट जोर्डनका लागि उडेको कार्गो जहाज दुर्घटना भएको छ ।

युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो ।

चालकले विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।

लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । विमानमा चालक दलका ८ जना सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्