Logo
Logo

वडा सदस्य सवार गाडीले ठक्कर दिँदा सैनिकको मृत्यु


1.3k
Shares

काठमाडौं । भरतपुर महानगरपालिका(१९ का वडा सदस्य राजकुमार गुरुङ सवार गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।

वडा सदस्य गुरुङ चढेको ग २ च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका(१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका(१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन् । वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए ।

गुरुङ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्