Logo
Logo

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध


567
Shares

फाइल फाेटाे ।

लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा सडक अवरुद्ध भएको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मस्र्याङ्दी नदीले तलबाट कटान पनि गरिरहेको छ । लेदोले करिब ३ मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बिहानैबाट सवारी साधन आवतजावत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्