Logo
Logo

बाँकेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


378
Shares

काठमाडौं – बाँकेको राप्ती सोनारी गाँउपालिका ७ निबुवाटारमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

भे ७ प १५२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका ५ बिनौनाका ५० वर्षीय बुचु थारुको मृत्यु भएको हो।

गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगञ्ज स्थित भेरी अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल चालक जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगर घाइते भएका छन्। नेपालगञ्जस्थित एक नर्सिङ होममा उनको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्