काठमाडौं । विश्वव्यापी रुपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्गबीच नयाँ सहकार्यअन्तर्गत संसारभरका उदयमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने अवसर दिइएको छ ।
यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदै छ । टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकका लागि अदितीय अनुभवहरु सिर्जना गर्दै आइरहेको छ ।
नयाँ कलाकारका लागि उक्त अवसर लस एन्जलसमा भएको थियो, जहाँ हस्ताक्षर नगरिएका कलाकारले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयमा छलफल गरेका थिए । जहाँ प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरुमध्ये एक द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाए ।
उक्त अभियानमा आफ्नो सहकार्यबारे डेरुलोले भने, ‘संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, त्यसैले यदि तपाई एक संगीतकार बन्न चाहनुहुन्छ भने तपाई लगभग आफ्नै भरमा हुनुहुन्छ । तर यी अनुभवहरुबाट गुज्रिएको कोही तपाईको साथमा हुनाले ठूलो फरक पार्न सक्छ ।’
उनले अगाडि थपे, ‘मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारहरुको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु ।’
टुबोर्ग ओपन प्रोजेक्टमा VEK नेपाल, Dee MC भारत, Shokhrullo Abdullaev उज्वेकिस्तान, Halko टर्की, Iva Lorens सर्बिया र Stoposto बोस्नियाका उदीयमान कलाकारहरु सहभागी छन् ।
यी कलाकारहरले आउँदो महिनाहरुमा टुबोर्गमार्फत सहयोग प्राप्त गरी जेसनसामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने बताइएको छ ।
टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै VEK (नेपाल)ले भने, ‘संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो । उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु ।
२०१७ को सुरुवातदेखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरि संसारभरिका दर्शकहरुलाई जोड्ने हिटहरु निर्माण गरेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको छ । टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं । हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौं र दर्शकहरुले पनि उक्त सहकार्यको नतिजा मन पराउनुहुने कुरामा धेरै सकारात्मक छौं ।’