Logo
Logo

वडाअध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीमाथि छानबिन


1.4k
Shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालेको घटनाको छानबिन सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले क्षेत्रीलाई पोखरीमा फालेको भिडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार डीएसपी केसीमाथि छानबिन गर्न निर्देशन दिइसकिएको छ । रुपन्देहीका एसपी रवीन्द्र रेग्मीलाई उक्त विषयमा के भएको छानबिन गरेर जानकारी गराउन भनिएको राईले बताए ।

आइतबार नगरसभा स्थगित गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बिरोध प्रदर्शन गरेका थिए । सोही क्रममा वडाअध्यक्ष क्षेत्रीलाई धकेल्दै प्रहरीले मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा फालेका थिए । पोखरीमा फालेको विषय राष्ट्रिय सभामा समेत उठेको छ ।

प्रतिक्रिया दिनुहोस्