काठमाडौं, ९ साउन ।
सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका एक अभियुक्त छुटाइदिने भन्दै घुस लिने दुई प्रहरी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशलाका सईहरु रमेश पाण्डे र राजु स्वर्णकार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई बुधबार साँझ घुससहित पक्राउ गरेको हो । जेल नजाने गरी मुद्दा मिलाइदिने भन्दै उनीहरुले घुस लिएका थिए । पिंगलास्थलबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये एक मुद्दा शाखामा कार्यरत रहेकाले यसमा सिनियर अफिसर समेत संलग्न हुनसक्ने अशंका गरिएको छ ।