काठमाडौं । न्याय परिषद्ले आफ्नो सक्रियता बढाएको छ । सोमबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्तगीका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।
निधि उच्च अदालत राजविराज इजलासमा हुँदा र शर्मा सिरहा जिल्ला अदालतमा हुँदा गरेका फैस बर्खास्तको सिफारिस गर्ने निर्णय गरिएको परिषद्का सदस्य सचिव मानबहादुर कार्कीले बताए ।
गत साता मात्र परिषद्ले तीन न्यायाधीश बर्खास्त गरेको थियो ।