Logo
Logo

युरोपको आधा भू-भाग खडेरीको जोखिममा


441
Shares

राेयटर्स ।

काठमाडौं । युरोपेली सङ्घ (ईयू) को आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीले पानीकाे अभाव हुन थालेकाे छ। त्यहाँ खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ ।

खडेरीको सबैभन्दा बढी प्रभाव इटलीमा रहेको उल्लेख छ । स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा ३१ प्रतिशतले घटेको रिपोर्टले जनाएको छ।

त्यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गएको ७ वर्षको औसतभन्दा आधा कम छ । पानीको अभाव र उच्च तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटलीमा बालीको उत्पादन कम हुने विज्ञले चेतावनी दिएका छन् । बेलायतमा तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसम कार्यालयका अनुसार राजधानी लन्डनको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको हो । बेलायतमा चेतावनीसहित राष्ट्रिय सङ्कट घोषणा गरिएको छ । जनजीवन थप कष्टकर बनेको बीबीसीले जनाएको छ ।

सन् २०३० सम्म कार्बन उत्सर्जन ४० प्रतिशत घटाउने विकसित देशले प्रतिबद्धता जनाए पनि समस्या बढ्दो छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम रहेकाले यो विषयलाई गम्भीर रुपमा लिनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्