Logo
Logo

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


1.7k
Shares

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका-५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्