Logo
Logo

इन्जिनियर दिवस : उत्कृष्ट इन्जिनियर पुरस्कृत


1.3k
Shares

काठमाडौं । ६०औं इन्जिनियर दिवसका अवसरमा इन्जिनियर र संस्थालाई सम्मान गरिएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनले मंगलबार प्रज्ञा भवन कमलादीमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरे ।

वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । शेरचन इलेक्ट्रिक भेहिकल एसोसिएसनका अध्यक्षसमेत हुन् । यसैगरी बेस्ट इन्नोभेसन अवार्ड युवा इन्जिनियर अनुप खनालले पाएका छन् ।

गोरखा निवासी खनाल ललितपुरस्थित इन्नोभेटिभ इन्जिनियरिङ सर्भिसका प्रमुख हुन् । दुर्गम क्षेत्रमा रहेका नदीनालामा स्वचालित प्रणालीमा पानीको बहाव नाप्ने मेसिन जडान गरी त्यसको डाटा मोबाइल वा कम्प्युटरमा लाइभ हेर्न मिल्ने प्रविधिको विकास गरेवाफत खनाललाई बेस्ट इन्नोभेसन अवार्ड प्रदान गरिएको एसोसिएसनले जनाएको छ ।

यसैगरी इन्टरप्रेनरसिप अवार्डबाट सरोज कुमार उपाध्याय, शहीद नवराज विष्ट मेमोरियल अवार्डबाट सन्जय केसी, युथ प्रोफेसनल अवार्डबाट रोजा किरन बासुकला, महिला इन्जिनियर अवार्डबाट रेखा श्रेष्ठ र इन्जिनियरर्स एप्रिसियसन अवार्डबाट राष्ट्रिय आविस्कार केन्द्र सम्मानित भएका छन् ।

एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’का रूपमा मनाउँदै आएको छ । दिवसको मूल समारोहको पूर्वसन्ध्यामा एसोसिएसनले रक्तदान, वृक्षरोपण, सरसफाइ, खेलकुद लगायतका कार्यक्रम पनि आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्