Logo
Logo

सत्तारूढ विद्यार्थीद्वारा गभर्नरविरूद्ध आन्दोलन घोषणा


1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सत्तारूढ गठबन्धनमा रहेका दलका तीन भ्रातृ विद्यार्थी संगठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।

एम अधिकारीको नाममा गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागमा बसेको आरोप लगाउँदै उनीहरूले राजीनामा माग गरेका छन् ।

उनीहरूले साउन ३ मा प्रधानमन्त्री र सभामुखलाई गभर्नर बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने बताएका छन् । साउन ४ मा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयमा कालो ब्यानर राख्ने उनीहरूको कार्यक्रम छ ।

साउन ५ मा प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन, साउन ६ मा क्याम्पसहरूमा विरोध प्रदर्शन र साउन ७ मा गभर्नर बर्खास्तीका लागि सांसदलाई दबाब दिन सडकबाट सन्देश पठाउने कार्यक्रम तय भएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्