Logo
Logo

मेयर बालेन्द्र साहद्वारा दुई मिडियाविरुद्ध उजुरी


7.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।

काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भन्दै केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।

उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै, महानगरले कुनै अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्