Logo
Logo

तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा


6k
Shares

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।

छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नाराणकाजी श्रेष्ठ सहभागी छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल छन् भने नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् । उनीहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुने बताइएको छ ।

भेटवार्तामा तत्कालीन नेकपामा नौ सचिवालय सदस्यमाध्ये बहुमत छलफलमा सहभागी भएका छन् । प्रचण्ड, नारायणकाजी, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम तत्कालीन नेकपा सचिवालय सदस्य थिए ।

तत्कालीन नेकपा सचिवालय सदस्यहरू केपी शर्मा ओली, विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा भने एमालेमा सक्रिय छन् ।

आजै माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुराम भट्टराईबीच भेट भएको थियो । उक्त भेटमा पनि समाजवादी केन्द्र बनाएर चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्