Logo
Logo

जनार्दनको बयान लिँदै संसदीय विशेष समिति


1.3k
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र सीसीटीभी फुटेट गायब गराएको आरोप लागेका जनार्दन शर्माको बयान बुधबार हुने भएको छ ।

करको दर हेरफेरसहितका आरोप लागेपछि राजीनामा दिएका शर्मामाथि संसदीय विशेष समितिले छानबिन गरिरहेको छ । समितिको मंगलबारको बैठकले बयानका लागि शर्मालाई बोलाउने निर्णय गरेको हो ।

बजेट निमार्णको सीसीटीभी फुटेज गायब भएपछि विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिले पूर्व सचिवहरूसँग पनि बयान लिने भएको छ । तर कुन–कुन सचिवसँग बयान लिने भन्ने खुलेको छैन ।

अर्थमन्त्रालयका सचिवहरु, महानिर्देशक, सहसचिव, विभागका प्रमुख र अधिकृतहरूले शर्माले कुनै गम्भीर गल्ती नगरेको बताएका छन् ।

समितिले सीसीटीभीको हार्ड डिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय पनि गरेको छ । विज्ञहरुले समितिलाई हार्ड डिस्क रिकभर गर्न सकिने सुझाव दिएको बताइएको छ ।

२२ असारमा बसेको संघीय संसद बैठकले ११ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले १० दिनको समय पाएको छ । अब दुई दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिले आफ्नो अध्ययन र छानबिन सक्दैछ ।

प्रतिक्रिया दिनुहोस्