Logo
Logo

पाँच नेताको बैठक : पार्टी एकताबारे छलफल


9.3k
Shares

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ । बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्नेहरुसँगको एकताका विषयमा छलफल भएको बताए ।

बैठकपछि प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनलाई कायम राख्ने, स्थानीय निर्वाचनको विषयलाई मध्यनजर गर्दै अझै जीवन्त राख्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘कांग्रेस, एमाले लगायतका दलहरुले गरेको निर्णयका बारेमा छलफल भयो, गठबन्धनलाई कामय राखेर स्थानीय तह निर्वाचनको नजिजालाई ध्यानमा राख्दै अघि बढ्ने निर्णय भयो । यससँगै विचार मिल्नेसँग एकीकरण गर्ने विषयमा छलफल भएको छ।’

बैठकमा प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्